रिमोटबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ?

रिमोटबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ?

२२ असार, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ भन्दै प्रश्न गरेका छन् ।
अहिले सत्तारुढ दल नेकपा भित्र विवाद बढ्दै गएपछि चिनिया राजदुत हाउ यान्छी सक्रिय भएको प्रसंगमा अध्यक्ष थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्री ओलीले सरकार गिराउन भारतीय राजदुत सक्रिय भए भनेको तर सरकार बचाउन चिनियाँ राजदुत नेताहरुको घर पुगेको बताउदै यस्तो रिमोटबाट चल्ने गणतन्त्रले नेपालको हित नगर्ने बताएका छन् ।

उनले स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन नसक्ने बताएका छन् ।

उनले सामाजिक संजालमा भनेका छन्

प्रम ओली भन्नुहुन्छ(सरकार गिराउन भारतीय राजदुत सक्रिय भए ।अर्कोतर्फ चिनिया राजदुत सरकार बचाउन नेताहरुको घर पुग्छिन् । के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ रु राष्ट्रियता जोगाउन सक्छ रु स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बचाउन र बनाउन सक्दैन । पुर्वाग्रहबाट माथी उठौं । विगतमा सबैबाट गल्ति भएका छन् । गल्तिबाट पाठ सिकौं, आत्मालोचना गरौं । बाह्य हस्तक्षेप विना राष्ट्रियता र प्रजातन्त्र बलियो हुने नेपाली परिवेश अनुकुल मौलिक प्रजातन्त्रको निर्माण गरौं । कसैले जित्ने, कसैले हार्ने होईन सबै नेपालीले जित्ने व्यवस्था स्थापित गरौं ।

Loading
TOP