सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

२२ असार, काठमाडौँ । आइतबार स्थिर रहेको सुनको मुल्य सोमबार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ३ सयले घटेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९० हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार भने सुन तोलामा ९० हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रति तोला ८९ हजार ७६९ मा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मुल्य भने सोमबार पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading
TOP