नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ कर्मचारीलाई कोरोना संक्रमण

नेपाल एयरलाइन्सका तीन पाइलटसहित १४ कर्मचारीलाई कोरोना संक्रमण

२२ असार, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीनजना पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण भएको छ ।

निगमका अनुसार विदेशबाट यात्रु उद्धारमा खटिएका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

निगम स्रोतले तीनजना पाइलट र अन्य ११ जना उडान कर्मचारीमा कोरोना पुष्टि भएको बताएको छ ।

अहिले होटलमा रहेका उनीहरुलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको निगम स्रोतले बताएको छ ।

उनीहरु केही महिनायता विदेशबाट नेपालीको उद्धार र स्वास्थ्य सामग्री ढुवानीमा जुटेका थिए । निगमले विदेशबाट नेपालीको उद्धारका लागि खटिएका पाइलटसहितका आफ्ना कर्मचारीहरुलाई होटल सोल्टीको क्‍वारेन्टाइनमा राख्दै आएको छ ।

यसैबीच पर्यटनमन्त्री योगेश भट्टराईले सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल एयरलाइन्सका चालक दलका केहि सदस्यलाई कोरोना पोजेटिभ देखिएकोमा दुख लागेको बताएका छन् । मन्त्री भट्टराईले उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरका छन् ।

Loading
TOP