सुशान्त आत्महत्या प्रकरणमा बयान दिन संजय लीला भन्साली प्रहरी स्टेशनमा

सुशान्त आत्महत्या प्रकरणमा बयान दिन संजय लीला भन्साली प्रहरी स्टेशनमा

२२ असार, काठमाडौँ । बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा चर्चित फिल्म निर्देशक तथा निर्माता संजय लीला भन्सालीसँग प्रहरीले बयान लिन शुरु गरेको छ ।

भारतीय समाचार एजेन्सी एएनआइका अनुसार भन्साली बयान दिन सोमबार मुम्बईस्थित बान्द्रा प्रहरी स्टेसनमा पुगेका छन् ।

मुम्बिया प्रहरीले दुई दिन अगाडी भन्सालीलाई बयानका लागि आउन पत्र काटेको थियो ।

मिडिया रिपोर्टका अनुसार सुशान्तलाई भन्सालीले दुई पटकसम्म फिल्ममा अफर गरेर निकालेको आरोप लागेको छ । सोहि कारणले सुशान्त डिप्रेशनमा गएको र आत्महत्या गरेको दाबि गरिएको छ । तर भन्सालीले भने दुवै पटक सुशान्तको समय नमिलेर काम गर्न नपाएको यस अघि नै विज्ञप्ति निकालेर स्पष्ट गरेका थिए ।

सुशान्तको आत्महत्या प्रकरणमा प्रहरीले छानबिन गरिरहेको छ । यसैक्रममा प्रहरीले सुशान्तकी प्रेमिका भनिएकी अभिनेत्री रिया चक्रवर्ती, उनका म्यानेजर, सुशान्तको अन्तिम फिल्मकी हिरोइन संजना सांघीसमेत ३० जनासँग बयान लिइसकेको छ ।

सुशान्तले गत जुन १४ मा मुम्बईको बान्द्रास्थित आफु बस्ने फ्ल्याटमा आत्महत्या गरेका थिए ।

Loading
TOP