इनफ इज इनफका सत्याग्रही र सरकारबीच १२ बुँदे सहमति, अनसन तोडियो

इनफ इज इनफका सत्याग्रही र सरकारबीच १२ बुँदे सहमति, अनसन तोडियो

२३ असार, काठमाडौँ । कोरोना रोकथामका लागि पीसीआर परीक्षणको दायरा बढाउन तथा प्रभावकारी कदम चाल्ने माग राख्दै सत्याग्रहमा बसेका ईशान अधिकारी ‘ई’ र पुकार बमले मंगलबार बिहान आफ्नो अनशन तोडेका छन् ।

सोमबार सरकारसँग १२ बुँदे सहमति भएसँगै मंगलबार बिहान उनीहरुले अनशन तोडेका हुन् । स्वास्थ्य अवस्था खस्किएपछि दुवै अनसनकारीलाई ह्याम्समा भर्ना गरिएको थियो । बम र अधिकारी १२ दिनअघि पाटन दरबार स्क्वायरबाट अनशन सुरु गरेका थिए ।

यसअघि स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र अभियानका प्रतिनिधिबीच पटक-पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेको थिएन । सोमबार भएको वार्तामा भने दुवै पक्षबीच १२ बुँदे सहमति भएको छ ।

सहमति पत्रमा स्वास्थ्य मन्त्रालयका तर्फबाट डाक्टर रोशन पोखरेल र डाक्टर समिरकुमार अधिकारी र अभियानका तर्फबाट ‘ई’ र बमले हस्ताक्षर गरेका छन् ।

दुवै पक्षबीच भएको १२ बुँदे समझदारी :

Loading
TOP