प्रिमियर लिगमा चेल्सी विजयी

प्रिमियर लिगमा चेल्सी विजयी

२४ असार, काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३(२ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा ओलिभर जिराउड, क्रिस्टियन पुलिसिक र टामी अब्राहीमले एक एक गोल गरेका थिए । त्यस्तै क्रिस्टल प्यालेसका लागि विलफ्राइड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल गरेका थिए ।

यो जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीको ३४ खेलमा ६० अंक भएको छ । त्यस्तै गएराती नै लेस्टर सिटी आर्सनलसँग १(१ गोलको बराबरीमा रोकिएसँगै लेस्टरले लामो समयदेखि कायम रहेको तेस्रो स्थान गुमाएको छ । अब लेस्टर चौथो स्थानमा झरेको छ । लेस्टर सिटीको ३४ खेलमा ५९ अंक रहेको छ ।

यस सिजनको उपाधि लिभरपुलले जितीसकेपनि लिगमा च्याम्पियन्स लिगमा छनौटका लागि चेल्सी लेस्टर र म्यानचेस्टर युनाइटेडबीच कडा प्रतिष्पर्धा देखिएको छ ।

Loading
TOP