अमिताभदेखि सलमानसम्म : बलिवुडका ठुलो बजेटका पाँच फ्लप फिल्म

अमिताभदेखि सलमानसम्म : बलिवुडका ठुलो बजेटका पाँच फ्लप फिल्म

२४ असार, काठमाडौँ । बलिवुडका फिल्म सुपरस्टारको नाम र चर्चाले मात्र नचल्ने पटक पटक प्रमाणित भएको छ । अहिलेका चल्तीका नायक सलमान खान हुन् या महानायक अमिताभ बच्चननै किन नहुन करोडौ पैसाको लगानीका बाबजुद पनि यी सुपरस्टारले अभिनय गरेका फिल्म बक्स अफिसमा फ्लप भएका छन् ।

यस रिपोर्टमा ठुलो बजेटका पाँच यस्ता फ्लप फिल्मको बारेमा चर्चा गर्दै छौं ।

यस सुचिमा सबैभन्दा अगाडी नाम आउछ २०१८ मा रिलिज भएको फिल्म ठग्स अफ हिन्दोस्तान । आमिर खान, अमिताभ बच्चन, कट्रिना कैफजस्ता सुपरस्टारकोभिड रहेको यो फिल्म अहिलेसम्मकै असफल फिल्म मानिन्छ । करिब २२० करोडको लागतमा भनेको यो फिल्म बक्स अफिसमा असफल भएको थियो । फिल्मलाई दर्शकले अस्विकार गरेपछि त्यसको जिम्मेवारी अभिनेता आमिर खानले लिएका थिए । भारतीय बक्स अफिसमा यो फिल्मले १४५ करोड मात्र कमाई गरेको थियो ।

त्यस्तै यस सुचीमा दोस्रो नम्बरमा आउछ फिल्म साहो । बाहुमाली फेम अभिनेता प्रभासको फिल्म साहो पनि बक्स अफिसमा असफल भएको थियो । बाहुबलीका दुई सिरिजपछि चुलिएको प्रभासको लोकप्रियतालाई साहोले क्यास गर्न सकेको थिएन । २०१९ मा रिलिज भएको यो फिल्मको लागत ३५० करोड बताइएको थियो । प्रभासका अलावा श्रद्धा कपुर, जैकी श्राफ, चंकी पाण्डेनील नितिन मुकेश जस्ता स्टारहरु रहेको यो फिल्म हिन्दी बाहेक तामिल र तेलेगु भाषामा पनि एकै पटक रिलिज गरिएको थियो । फिल्मको हिन्दी भाषाको रिलिजले १४९ करोड कमाई गरेको थियो ।

यस सुचिमा तेस्रो स्थानमा शाहरुख खानको फिल्म जिरो रहेको छ । शाहरुखका अलावा अनुष्का शर्मा, कट्रिना कैफ जस्ता स्टार रहेको यो फिल्म २०१८ मा रिलिज भएको थियो । करिब २ सय करोडको बजेटमा बनाइएको यो फिल्मलाई दर्शकले अस्विकार गरेका थिए । यस फिल्मले भारतीय बक्स अफिसमा ९७ करोड मात्र कमाई गरेको थियो ।

त्यस्तै यस सुचिमा सलमान खानको फिल्म रेस(३ चौथो नम्बरमा रहेको छ । २०१८ मा रिलिज भएको यो फिल्म बक्स अफिसमा अफसल भएको थियो । करिब १८० करोडको लागतमा बनेको भनिएको यस फिल्ममा सलमानका अलावा अनिल कपुर, बबी देओल र ज्याक्लिन फर्नानडिसको प्रमुख भूमिका रहेको थियो । २०१८ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा १६९ करोड कमाई गरेको थियो ।

त्यस्तै यस सुचिमा पाँचौ स्थानमा सुपरस्टार सलमान खानकै फिल्म ट्युबलाइट रहेको छ । २०१७ मा रिलिज भएको ट्युबलाइट बक्स अफिसमा फ्लप भएको थियो । करिब डेढसय करोडको लागतमा बनेको यो फिल्मले बक्स अफिसमा १२१ करोड मात्र कमाई गरेको थियो ।

Loading
TOP