ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण

ब्राजिलका राष्ट्रपति बोलसोनारोलाई कोरोना संक्रमण

२४ असार, काठमाडौं । ब्राजिलका राष्ट्रपति जाएर बोलसोनारो कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ ।

उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि सोमबार चौथो पटक उनको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोनाभाइरस पोजेटिभ देखिएको बीबीसीले जनाएको छ ।

यसअघि राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई नजर अन्दाज गरेको आरोप लागेको थियो। राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै हल्का रुपमा लिँदै आएका पनि थिए । कोरोनालाई ‘सामान्य फ्लु’ भन्दै उनले संक्रमण फैलिन नदिन गरिने लकडाउनको पनि विरोध गर्दै आएका छन् । उनले सार्वजनिक स्थानमा जाँदा मास्क पनि लगाउँदैनथे । धेरै स्थानमा उनी विना सामाजिक दुरी र विना मास्कमा देखिएका छन् ।

गत आइतबार विदेशमन्त्री अर्नेस्टो अराउजोले सामाजिक सन्जालमा राखेको एक तस्वीरमा बोलसोनारो अन्य नेताहरुसँगै मास्क नलगाइ बसेको देखिएको छ ।कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ ।

ब्राजील कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देशको दोस्रो नम्बरमा छ। यहाँ १६ लाख भन्दा धेरै मानिस संक्रमित भएका छन् भने हालसम्म ६५ हजार ५५६ जनाको मृत्यु भइसकेको छ।

Loading
TOP