कसैको पनि कुरा सुन्नु राम्रो हो तर मान्ने नमान्ने अधिकार हाम्रो : योगेश भट्टराई

कसैको पनि कुरा सुन्नु राम्रो हो तर मान्ने नमान्ने अधिकार हाम्रो : योगेश भट्टराई

२४ असार, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता एवं पर्यटनमन्त्री योगेश भट्टराईले नेकपाको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदुत सक्रिय भएको भन्ने प्रसंगमा टिप्पणी गरेका छन् । मन्त्री भट्टराईले कसैको पनि कुरा सुन्नु राम्रो हो तर मान्ने नमान्ने अधिकार हाम्रो भएको बताएका छन् ।

अहिले नेकपाभित्र देखिएको विवादलाई सहजीकरण गर्न चिनियाँ राजदुत होउ यान्छी सक्रिय भएको भन्दै उनको आलोचना भइरहेका बेला भट्टराईले यस्तो टिप्पणी गरेका छन् । राजदुत यान्छीले यसअघि बैशाखमा पनि नेकपाभित्र विवाद हुदा सबै जसो शिर्ष नेतालाई भेटेर विवाद मिलाउन भूमिका खेलेको चर्चा चलेको थियो ।

मन्त्री भट्टराईले विभिन्न चार बुँदामा आफ्नो टिप्पणी गरेका छन् ।

उनले भनेका छन्

१। संबिधान बनाउने बेलामा असफल पार्न खोज्नु ठिक वा संबिधान निर्माणप्रति सद्भभाब राख्नु ठिक रु
२। पहिलो र दोश्रो संबिधानसभाको बेलामा तराई र पहाड, जाति जनजातिको सामान्य अन्तरबिरोधलाई चर्काएर नेपालमा बिग्रह ल्याउन प्रयत्न गर्नु ठिक वा त्यसलाई हल गर्न र नेपाल र नेपालीको एकताप्रति सद्धभाब राख्नु ठिक रु
३। नेपालमाथि नाकाबन्दी लगाएर हायलकायल पार्न खोज्नु ठिक वा त्यो गलत हो, नेपाल र नेपालीलाई बाँच्न देउ भन्नु ठिक रु
४। पार्टीर पार्टी र पार्टीभित्रको अन्तरबिरोधमा घ्यू थपेर नेपालको लोकतन्त्रलाई कमजोर बनाउनु र अस्थिरता सिर्जना गर्नु ठिक वा सबै पार्टीबिचमा राम्रो एकता बनाउँदै नेपालको सम्म्रिद्धीप्रति सद्धभाब राख्नु ठिक रु
कुनै पनि बिदेशी राजनीतिक तथा कुटनीतिक गतिबिधिलाई यसै सन्दर्भबाट हेरियो भने सहि हुन्छ ।

कसैको पनि कुरा सुन्नु राम्रो हो । मान्ने नमान्ने अधिकार हाम्रो हो ।

Loading
TOP