सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

२४ असार, काठमाडौँ । बुधबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ६ सयले बढेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार भने सुन तोलामा ९० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रति तोला ९१ हजार ६० मा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीमा बुधबार सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाले बढेर ९५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Loading
TOP