प्रचण्डद्वारा बाढी तथा पहिरोबाट मानवीय र धनमालको क्षतिप्रति दुख व्यक्त

प्रचण्डद्वारा बाढी तथा पहिरोबाट मानवीय र धनमालको क्षतिप्रति दुख व्यक्त

२५ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक, गुल्मी, बझा​ङ लगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति भएको प्रति दुख व्यक्त गरेका छन् । विहिबार सामाजिक संजाल मार्फत अध्यक्ष प्रचण्डले कतिपय व्यक्ति वेपत्ता भएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गरेका छन् ।

साथै प्रचण्डले दीर्घकालिनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपील गरेका छन् ।

उनले भनेका छन्

सिन्धुपाल्चोक, गुल्मी, बझा​ङ लगायत देशका बिभिन्न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको छ । यो स्थितिमा प्राकृतिक प्रकोपमा परिवारजन गुमाउनुभएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु । अहिले पनि कतिपय व्यक्ति वेपत्ता हुनुभएको र घरबारविहिन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्दार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपील गर्दछु । यसका साथै दीर्घकालिनरुपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलका बारेमा समेत समयमा नै ध्यान दिन सम्बन्धित सबैमा अपील गर्दछु ।

Loading
TOP