भारतमा २४ घण्टामा कोरोनाबाट ४८७ जनाको मृत्यु

भारतमा २४ घण्टामा कोरोनाबाट ४८७ जनाको मृत्यु

२५ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ४८७ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २१ हजार १२९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २४ हजार ८७९ जना संक्रमित पुष्टि भएको छ ।

यो एकै दिन संक्रमित भएको अहिलेसम्मको धेरै संख्या हो ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । भारतमा कुल संक्रमित ७ लाख ६७ हजार २९६ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ४ लाख ७६ हजार ३७८ जना ठिक भएका छन् भने २ लाख ६९ हजार ७८९ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २१ लाख ६७ हजार ४९ पुगेको छ भने मृतकको संख्या ५ लाख ५२ हजार ५० पुगेको छ ।

त्यस्तै विश्वभर ७० लाख ६४ हजार ८४२ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP