सभापति देउवाद्वारा बाह्रविसे क्षेत्रमा छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न सरकारलाई आग्रह

सभापति देउवाद्वारा बाह्रविसे क्षेत्रमा छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न सरकारलाई आग्रह

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

साथै सरकारलाई पनि छिटोभन्दा छिटो उद्धार टोली परिचालन गर्न देउवाले भनेका छन् ।

देउवाले ट्वीटरमा लेखेका छन्, ‘म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्धारमा खटिन निर्देशन गर्दछु । सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुन जोगाउन अनुरोध गर्दछु ।’

 

Loading
TOP