बाह्रबीसेका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

बाह्रबीसेका लागि उडेको हेलिकप्टर धुलिखेलबाटै फर्कियो

२५ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

Loading
TOP