भारतीय मिडियाले सीमा नाघे, बकबास बन्द गर – नारायणकाजी श्रेष्ठ

भारतीय मिडियाले सीमा नाघे, बकबास बन्द गर – नारायणकाजी श्रेष्ठ

२५ असार, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाले हाम्रो सरकार र प्रधानमन्त्री बारेको अनर्गल प्रचारले सीमा नाघेको बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता श्रेष्ठले भारतीय मिडियालाई बकबास बन्द गर भन्दै हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति एकजुट रहेको बताएका छन् ।

भारतीय टिभी च्यानलमा नेपाल र प्रधानमन्त्री केपी शर्माविरुद्ध आपत्तिजनक समाचारहरु प्रकाशित भइरहेका छन् । यसैबीच भारतीय टिभी जी न्यूजले प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदुत होउ यान्छीले ुहनीट्रयापु मा पारेर भारत विरोधी बनाएको रिपोर्ट बुधबार प्रशारण गरेको थियो । अहिले आमा स्तरमा जी न्यूजको सो रिपोर्टविरुद्ध सामाजिक संजाल र मिडियामा कडा आलोचना भइरहेको बेला सत्तारुढ दलका प्रवक्ताको यस्तो टिप्पणी आएको हो ।

यद्यपी सरकारले भने यस बारेमा आफ्नो धारणा वा विरोध सार्बजनिक गरेको छैन ।

प्रवक्ता श्रेष्ठले भनेका छन्

भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो । हद भयो । बकवास बन्द गर । हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं । बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिने छैनौ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।

Loading
TOP