भारतको नेपालसँगको सम्बन्ध इतिहासकै सबैभन्दा कमजोर अवस्थामा : ग्लोबल टाइम्स

भारतको नेपालसँगको सम्बन्ध इतिहासकै सबैभन्दा कमजोर अवस्थामा :  ग्लोबल टाइम्स

२५ असार, काठमाडौं । भारतीय मिडियाले नेपाल र चीनको सम्बन्धलाई लिएर नानाथरी चर्चा गरिरहेका बेला चिनियाँ मिडियाले पनि भारतको विरोध गर्ने सिलसिलामा नेपालको समेत चर्चा गर्न थालेका छन् ।

चीनका अरु मिडियाको तुलनामा ग्लोबल टाइम्सले अलि बढी आक्रमकता देखाउने गरेको छ ।

सो पत्रिकामा छापिएका सामग्रीहरुको अनुदित सारसंग्रह जसबाट भारत र नेपालको सम्बन्धलाई हेर्ने चिनियाँ मिडियाको दृष्टि थाहा पाउन सजिलो हुनेछ :

पाकिस्तानलाई सधैं आतंकवादको बिल्ला भिराउँदै आएको छ । गत वर्ष भारतले आफ्नो संविधानको धारा ३७० खारेज गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको मुद्दाको समाधानको पनि उल्लंघन गरेको थियो ।

भारतको अर्को शिकार नेपाल र बंगलादेश बन्न पुगे । प्रतिवाद गर्ने लाइनमा उभिएको पहिलो मुलुक नेपाल हो । यी दुई मुलुकको सम्बन्ध सन् २०१५ देखि बिग्रिन सुरु भएको थियो । जतिबेला भारतले नेपालमा आउने आवश्यक सामग्री रोक्न नाकाबन्दी गरेको थियो । त्यतिबेला नेपाल तेलको अभावको कारण संकटमा पर्‍यो । भूकम्पपछि आवश्यक राहतका सामग्रीको आपूर्तिमा पनि भारतले सीमा क्षेत्रमा रोक लगाएको थियो । नेपालमा भारतविरुद्ध आन्दोलन पनि भएको थियो । तर, भारत रोकिएन र आफ्नो नाकाबन्दी जारी नै राख्यो ।

नेपालले त्यसको बदलामा आफ्नो सुरक्षा बल सीमामा पठाउने र नयाँ नक्सा संसदबाट परित गर्‍यो । यो असामान्य कदम थियो । लामो समयदेखि भारत नेपालसँगको निकै नजिकको सम्बन्ध रहेको मान्दै आएको थियो । अहिले भने भारतको नेपालसँगको सम्बन्ध इतिहासकै सबैभन्दा कमजोर अवस्थामा आइपुगेको छ ।

Loading
TOP