गण्डकी प्रदेशमा विहिबार थप २० जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा विहिबार थप २० जनामा कोरोना पुष्टि

२५ असार, पोखरा । गण्डकी प्रदेशमा विहिबार थप २० जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहिबार दिएको अपडेट अनुसार ७ जिल्लाका थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु कास्कीका ४ जना, गोरखाका २ जना, लमजुङका ५ जना, नवलपरासी पूर्वका ४ जना, बाग्लुङका २ जना, म्याग्दीका २ जना र तनहुँका एक जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ३८६ जना कोरोना संक्रमित ठिक भएका छन् ।

त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार १४९ पुगेको छ ।

Loading
TOP