कृषि विकास बैंक र स्टक एक्सचेन्जबीच सम्झौता

कृषि विकास बैंक र स्टक एक्सचेन्जबीच सम्झौता

२५ असार, काठमाडौँ । कृषि विकास बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. बिच धितोपत्र सूचीकरण सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७६।७७ का लागि जारी भएको मौद्रिक नीति मार्फत “वाणिज्य बैंकहरुले २०७७ असार मसान्त भित्र आफ्नो चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर अनिवार्य रुपमा ऋण पत्र जारी गर्नुपर्ने ।” भन्ने निर्देशन भएकोले उक्त निर्देशनको परिपालना स्वरुप जारी गरी नियमानुसार बांडफांड समेत भै सम्बन्धित निकायमा अभिलेख तथा दर्ता गरिएको कृषि विकास बैंक लि।को एक हजार अंकित दरका २५ लाख कित्ता बराबरको ऋणपत्र निष्काशन ९डिबेञ्चर० १०।३५ प्रतिशत व्याजदर रहेको “ब्म्द्यी कृषि बैंक ऋणपत्र २०८३”, को सूचिकरण गरी कारोबारका लागि कृषि विकास बैंक लि। र नेपाल स्टक एक्सचेन्ज लि।विच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा कृषि विकास बैंक लि।को तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्ज लि।का तर्फबाट श्री चन्द्र सिहं साउदले हस्ताक्षर गरेका थिए भने सम्झौता पश्चात कृषि विकास बैंक लि।को “ब्म्द्यी कृषि बैंक ऋणपत्र २०८३”, को दोश्रो बजारमा कारोवार सुरु हुनेछ ।

Loading
TOP