भारतीय ग्याङस्टर विकास दूबे प्रहरी इन्काउन्टरमा मारिए

भारतीय ग्याङस्टर विकास दूबे प्रहरी इन्काउन्टरमा मारिए

२६ असार, काठमाडौँ । भारतको कानपुरमा ८ प्रहरीको हत्याका अभियुक्त ग्याङस्टर विकास दुबे प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

विहिबार मध्यप्रदेशको उज्जैनबाट पक्राउ परेका दूबे कानपुर लैजाने क्रममा उनलाई बोकेको गाडी पल्टिएपछि भाग्ने प्रयास गरेका थिए । प्रहरीको हतियार खोसेर भाग्ने कोसिस गरेका दूबेलाई प्रहरीले इन्काउन्टर गरेको थियो ।

भारतीय समाचार एजेन्सी एएनआइले घाइते दूबेलाई अस्पताल लागिएको र अस्पतालले उनलाई मृत घोषित गरेको उल्लेख गरेको छ ।

यसअघि विहिबार दूबेको दुई घन्टाभन्दा सोधपुछ गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

दूबे मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरबाट विहिबार गिरफ्तार भएका थिए ।

कानपुरको विकरु गाउमा उनलाई समात्न गएका प्रहरीमाथि अन्धाधुन्ध गोलि प्रहार गरेर आठ प्रहरीको ज्यान लिएको आरोप दुबेलाई लागेको थियो ।

विकासले राजनीतिक संरक्षणमा अनेकौं गैरकानुनी काम गर्दै आएको भारतीय मिडियाहरुले बताएका छन् ।

Loading
TOP