नेकपाभित्रको विवाद मिलाउन याङ्छी सक्रिय हुनु अशोभनिय भन्दै गगन थापाद्वारा आपत्ति

२६ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले चीनकी राजदूतकाे गतिविधि अशाेभनिय भन्दै आपत्ति जनाएका छन् । नेकपाभित्रकाे विवाद मिलाउन याङ्छी सक्रिय भएपछि थापाले यस्ताे टिप्पणी गरेका हुन् ।

उनले याङ्छीकाे हनी ट्रयापमा प्रधानमन्त्री केपी अाेली परेकाे भन्दै भारतीय सञ्चारमाध्यमले  सामाग्री प्रशारण गरेर नेपालीकाे अपमान गरेकाे पनि बताएका छन् । “नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ,प्रश्न गरौँ।

तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा@PM_Nepalलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ।त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ´´,उनकाे ट्विट छ ।

Loading
TOP