एन्फाले सैनिक मुख्यालयको फुटबल मैदान प्रयोग गर्ने

एन्फाले सैनिक मुख्यालयको फुटबल मैदान प्रयोग गर्ने

२६ असार, काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टीमको प्रशिक्षण भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा अवस्थित मैदानमा हुने भएको छ।

आज अखिल नेपाल फुटबल संघ ९एन्फा० र नेपाली सेनाबीच विश्वकप छनोट प्रतियोगिताका लागि मैदान उपलब्ध गराउने विषयमा सम्झैता भएको हो।

विशेष गरी फिफा विश्वकप २०२२ तथा चीनमा हुने एशियन कप २०२३ को छनोट खेलका लागि सेनाको जंगी अड्डामा रहेको मैदान प्रयोग गर्ने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।

एन्फाले उक्त जंगी अड्डाको मैदान स्तरोन्नती गर्नुका साथै खेलाडी र रेफ्रीको चेन्जिङ रूम अन्तर्राष्ट्रिय स्तरको बनाएको छ।

फिफा विश्वकप २०२२ तथा चीनमा हुने एशियन कप २०२३ को छनोट प्रतियोगितामा नेपालले तीन खेल घरेलु मैदानमा खेल्नेछ।

एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले ८ अक्टोबरमा चाइनिज ताइपेई र १३ अक्टुबरमा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै १२ नोभेम्बरमा नेपालले जोर्डनविरुद्ध खेल्नेछ।

Loading
TOP