यातायात व्यवसायीहरुसँग छलफल गर : सांसद डिला संग्रौला

यातायात व्यवसायीहरुसँग छलफल गर : सांसद डिला संग्रौला

२८ असार, काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ एवं सांसद डा. डिला संग्रौलाले यातायात व्यवसायीहरुसँग छलफल गरेर समस्याको उचित निकास निकाल्न सरकारलाई आग्रह गरेकी छन् ।

सरकारले जिल्ला भित्र सार्वजनिक यातायात खोल्ने निर्णय गरेपनि यातायात व्यवसायीहरुले आफ्ना मागहरु पुरा नभएसम्म नखोल्ने भनिरहेका बेला सांसद संग्रौलाले सरकारलाई यस्तो आग्रह गरेकी हुन् ।

सामाजिक संजालमार्फत सांसद संग्रौलाले लामो लकडाउन पश्चात सरकारले एकतर्फीरुपमा व्यवसायीसँग छलफल नै नगरी यातायात खुलाउने निर्णय गरेर स्थिति झन जटिलतातर्फ धकेलिएको बताएकी छन् ।

साथै उनले स्थितिलाई जानी जानी जटिलतातर्फ नधकेल्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले भनेकी छन्

२०७६/१२/११देखि २०७७/३/२६ सम्मको लामो लकडाउन पश्चात् सरकारले एकतर्फी रुपमा नेपाल यातायात व्यावसायिक संघसग कुनै छलफल र परामर्श नगरी यातायात खुलाउने निर्णय गरे पस्चात परिस्थिति झन जटिलता तर्फ धकलिएको छ । बैंक किस्ता स्थगन, ब्याज मिनाहा , पुनर्कर्जाको ब्यबस्था, कोरोना बीमा, स्वस्थ्य सामाग्रीको ब्यबस्था जस्ता मागहरू सम्बोधन नभएसम्म सरोकारवालाले यातायात संचालन नगर्ने जानकारी गराइसकेकाछन् । सरोकारवालासँग सरकारले छलफल गर्न किन उचित नठानेको रु छलफल गर्दा के बिग्रन्थ्यो रु जानीजानी परिस्थितिलाई जटिलतातर्फ नधकेल सरकार १ समस्या सामधानको लागि अबिलम्ब सम्बन्धि निकायसंग छलफल गरि मागहरुको सम्बोधन गरियोस् ।

Loading
TOP