दीपा दिदीको पेटमा पाप छैन, जिब्रो चिप्लेको पक्कै हो – केदार घिमिरे

दीपा दिदीको पेटमा पाप छैन, जिब्रो चिप्लेको पक्कै हो – केदार घिमिरे

२८ असार, काठमाडौं । माग्ने बुढाको नामले चर्चित कलाकार केदार घिमिरेले महानायक प्रकरणमा आफ्नो धारणा राख्दै अभिनेत्री तथा निर्देशक दीपा श्री निरौलाको बचाऊ गरेका छन् ।
घिमिरेले सामाजिक संजालमा टिप्पणी गर्दै कलाकारलाई सभ्य तरिकाले आलोचना गर्न आग्रह गर्दै उनको पेटमा पाप नभएको बताएका छन् । निरौलाले राजेश हमाललाई दिइएको ुमहानायकु उपाधिबारे दिएको विवादित टिप्पणीका विषयमा घिमिरेले यस्तो टिप्पणी गरेका हुन् ।

एक टेलिभिजन अन्तरवार्ताका क्रममा दीपाश्रीले राजेशबारे दिएको उक्त टिप्पणीलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।

घिमिरेले दीपाश्रीले राजेश हमाललाई सधैँ सम्मान गर्ने भए पनि जिब्रो चिप्लिएको बताएका छन् । उनले नायक हमालसँग दीपाश्रीबाट भएको गल्ती बारे आफुले पनि माफी मागेका छन् ।

फेसबुकमा स्टाटसमा लेख्दै घिमिरेले कुन गल्तीको सजाय कति रु भन्दै प्रश्‍न पनि गरेका छन् । उनले भनेका छन्, कुन गल्तीको सजाय कति भन्‍ने पनि होला नि त छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिनेरु दीपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चाहिँ पक्कै हो ।

उनले अघिपछि राजेश दादाबारे सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठूलै दशा रैछ भनेका छन् ।

दीपाको मन दयालु रहेको पनि उनले बताउदै उनले वर्षेनी १५ जना गरिब बच्चाहरुको स्कुल फि तिरिदिने गरेको समेत बताएका छन् ।

कलाकार घिमिरेले गल्ती मान्छेबाट हुने हो भन्दै सच्चिएर अगाडि बढ्ने मौका दिन शुभचिन्तकहरुलाई आग्रह गरेका छन् ।

Loading
TOP