ट्राफिक प्रहरीको वृक्षरोपण

ट्राफिक प्रहरीको वृक्षरोपण

२८ असार, काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौंको तीनकुनेमा वृक्षरोपण गरेको छ ।

ट्राफिक प्रहरीको उपत्यका भित्रका ४५ वटा युनिटका इञ्चार्जहरुले करिब ३ सय ५० वटा विरुवा रोपेका छन् । उपत्यकालाई हरियाली सहर बनाउने योजना अनुसार मूख्य मुख्य ठाउँमा वृक्षारोपण गरिने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक युनिटका प्रमुखहरुले आफै विरुवा लिएर रोपेका थिए । विरुद्ध नहुर्किदासम्म प्रत्येक युनिटका इञ्चार्जले संरक्षण गर्ने र हुर्काउने काम गर्ने महानगरिय ट्राफिक महाशाखा प्रमुख भीम प्रसाद ढकालले बताउनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले हरियाली सहर बनाउन आम नागरिकलाई सकारात्मक सन्देश दिने उद्देश्यले वृक्षरोपण गरिएको बताउनुभयो । वृक्षारोपणले सहरको सोभा बढाउने र सभ्याताको समेत पहिचान दिने उहाँले बताउनुभयो ।

वृक्षारोपणले सहरको वातावरण स्वच्छ बनाउन सहयोग गर्ने र प्रदुषण समेत न्यून गर्ने विश्वास ट्राफिक प्रहरीले लिएको छ । रोपिएका विरुवाहरुको संरक्षण गर्ने र हुर्काउने जिम्मा ट्राफिक प्रहरीले आफैले लिने बताएको छ ।

Loading
TOP