थप १४७ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या ८,५८९ पुग्यो

थप १४७ जना डिस्चार्ज, नेपालमा निको हुनेको संख्या ८,५८९ पुग्यो

२८ असार, काठमाडौं । आज थपिएका ८२ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ८५८९ पुगेको छ।

कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

Loading
TOP