अहिलेसम्म २ लाख ८३ हजार ५१५ जनाको पिसिआर परिक्षण : स्वास्थ्य मन्त्रालय

अहिलेसम्म २ लाख ८३ हजार ५१५ जनाको पिसिआर परिक्षण : स्वास्थ्य मन्त्रालय

२८ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ९१६ नमुनाको पिसिआर परिक्षण गरिएको छ ।

अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या २ लाख ८३ हजार ५१५ पुगेको छ ।

त्यस्तै अहिले देशभरमा २३ हजार ७८४ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ हजार १७४ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा छ जिल्ला कोरोना मुक्त भएका छन् । जसमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला रहेका छन् ।

त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ रहेको छ ।

Loading
TOP