आज वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२९ असार, काठमाडौँ । आज पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ ।मनसुनी गतिविधि लगातार सक्रिय हुँदा केही दिनदेखि देशभर बदली तथा लगातार जस्तो वर्षा भइरहेको छ ।

अहिले नेपालमा मनसुनी वायु सक्रिय हुनुका साथै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर मौसम बदली तथा वर्षा भइरहेको छ ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम विश्लेषण

हाल नेपालभर मनसुनी वायु सक्रिय छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।

हालको मौसमको अवस्था

देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको छ।

Loading
TOP