क्लिन फिड साउन १ बाटै लागू गर्न सरकारको ध्यानाकर्षण

क्लिन फिड साउन १ बाटै लागू गर्न सरकारको ध्यानाकर्षण

२९ असार, काठमाण्डौं । नेपाल मिडिया सोसाइटी, अक्युराव, बान, र नेपाल विज्ञापन संघ लगायतका मिडिया सम्वन्धी संघ संस्थाहरुले विज्ञापन सम्बन्धि क्लिन फिड नीति लागू गर्न माग गरेका छन् ।
नेपाल सरकार, मन्त्रीपरिषदको मिति २०७३÷४÷७ गतेकोे बैठकद्वारा नेपालमा वितरण भइरहेका विदेशी टीभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो । तर अझै सम्म पनि यो लागू नभए पछि ती सं सस्थाहरुले सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै साउन एक गतेबाट क्लिन फिड लागू गर्न दबाब दिएका हुन् ।

विदेशी च्यानलमा क्लिन फिड नीति भनेको नेपालको सीमाभित्र प्रसारण, वितरण हुने विदेशी टीभी च्यानल पूर्णरुपमा विज्ञापन रहित हुनु पर्दछ भन्ने हो । विदेशी च्यानलको नेपालमा वितरण भन्नाले कुनै पनि प्रकारले नेपालमा आउने विदेशी माध्यम ९केवल, डिटिएच, इन्टरनेट, समामिजक सञ्जाल, युट्युव लगायत डिजिटल प्यलटफर्म० भन्ने पनि स्पष्ट गरिनु पर्ने पनि ज्ञापन पत्रमा उल्लेख छ ।

Loading
TOP