सुदूरपश्चिम प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि

२९ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १० र अछामका एकजनामा कोरोना पुष्टि भएको सेती अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका अनुसार कैलालीको टिकापुरका ४ महिला २ पुरुष गरी ६ जना, कैलालीकै गोदावरी नगरपालिका –७ का एक पुरुष र एक महिला गरी २ जना, वडा नम्बर ५ का एक पुरुष र वडा नम्बर ११ का एक पुरुष गरी ४ जना थपिएका छन्।
यस्तै अछामको ढकारी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ४३ नमूना परीक्षण गरिएको छ ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन हजार नौँ सय ३१ पुगेको छ ।

Loading
TOP