कर्णालीमा ४७ कोरोना संक्रमित थपिए

कर्णालीमा ४७ कोरोना संक्रमित थपिए

२९ असार, काठमाडौँ । कर्णाली प्रदेशमा सोमबार थप ४७ जनामा कोरोना पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको अपडेट अनुसार कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतरपशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परिक्षणमा पाँच जिल्लाका ४७ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा सुर्खेतका ४१ जना, जाजरकोटका एक जना, बाँकेका एक जना, दैलेखका २ जना र रुकुमपश्चिमका २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ६६३ पुगेको छ ।

त्यस्तै कर्णालीमा पछिल्लो २४ घण्टामा ४७ जना नै डिस्चार्ज भएका छन् भने अहिले सम्म डिस्चार्ज हुनेको संख्या एक हजार ४४५ पुगेको छ ।

त्यस्तै कोरोनाबाट कर्णाली प्रदेशमा अहिलेसम्म ६ जना मृत्यु भएको छ । अहिले कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या २०२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Loading
TOP