म्यानचेस्टर सिटीको प्रतिबन्ध हट्यो

म्यानचेस्टर सिटीको प्रतिबन्ध हट्यो

२९ असार, काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीको युरोपियन प्रतियोगिता खेल्न लागेको प्रतिबन्ध हटेको छ ।

फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा यस अघि लागेको दुई बर्षको प्रतिबन्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले हटाईदिएको छ ।

कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सको यो निर्णयसँगै अब सिटी आउदो बर्षको च्याम्पियन्स लिग खेल्न पाउने भएको छ ।

युरोपियन फुटबल फेडेरेसनले गत फेब्रुअरीमा सिटीलाई फाइनान्सियल फेयर प्लेको नियम तोडेको आरोपमा दुई बर्षका लागि युरोपियन प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो ।

त्यस्तै कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले सिटीलाई युरोपियन फुटबल फेडेरेसनले लगाएको ३३ मिलियन डलरको जरिवानालाई समेत घटाएर केबल ११ मिलियन डलर तोकिदिएको छ । अब यस प्रकरणमा सिटीले ११ मिलियन जरिवाना तिरे पुग्ने भएको छ ।

सिटीले सन २०१२ देखि २०१६ को रिपोर्टमा स्पोन्सर आम्दानी बढाएर प्रस्तुत गरेको युइएफएले आरोप लगाएको थियो ।

सिटी यस सिजनमा प्रिमियर लिगमा दोस्रो स्थानमा छ भने आउदो सिजनका लागि च्याम्पियन्स लिगमा छनौट हुने लगभग पक्का रहेको छ ।

Loading
TOP