प्रधानमन्त्रीको टिप्पणीले संस्कृति पनि नजोगिने र सम्बन्ध अझै बिग्रिने : डा. शेखर कोइराला

प्रधानमन्त्रीको टिप्पणीले संस्कृति पनि नजोगिने र सम्बन्ध अझै बिग्रिने : डा. शेखर कोइराला

३० असार, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या बारे गरेको टिप्पणीले दुई देशको सम्बन्ध अझै बिग्रिने टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार आफ्नै निवासमा आयोजित कार्यक्रममा अयोध्या वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको ठोरी गाउँमा पर्ने भन्दै भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि नेता कोइरालाको यस्तो टिप्पणी आएको हो ।

सामाजिक संजालमा टिप्पणी गर्दै नेता कोइरालाले देशमा कोरोनो स्थिति नियन्त्रण बाहिर रहेको र बाढी पहिरोको स्थिति विकराल रहेको यस्तो जटिल स्थितिमा, अत्यन्त सम्वेदनशील विषयमा प्रधानमन्त्री ओलीको हल्का र बेतुकको टिप्पणी हासी उठ्दो रहेको बताएका छन् ।

उनले यसले संस्कृति पनि जोगिन्न र दुई देशको सम्बन्ध पनि अझै बिग्रिने बताएका छन् ।

सन्दर्भः प्रधानमन्त्रीको अयोध्या वारेको टिप्पणी।
देशमा कोरोनो स्थिति नियन्त्रण वाहिर छ, बाढी पहिरोको स्थिति विकराल छ, यस्तो जटिल स्थितिमा र अत्यन्त सम्वेदनशील विषयमा प्रमको हल्का र बेतुकको टिप्पणी हाँसो उठ्दो छ । यसले संस्कृति पनि जोगिन्न र दुई देशको सम्बन्ध पनि अझै विग्रन्छ ।

Loading
TOP