अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या २ लाख ९३ हजार ७३२ पुग्यो : स्वास्थ्य मन्त्रालय

अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या २ लाख ९३ हजार ७३२ पुग्यो : स्वास्थ्य मन्त्रालय

३० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ३६१ नमुनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या २ लाख ९३ हजार ७३२ पुगेको छ ।

त्यस्तै अहिले देशभरमा २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ६९५ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा छ जिल्ला कोरोना मुक्त भएका छन् । जसमा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला रहेका छन् ।

त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ रहेको छ ।

Loading
TOP