गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना पुष्टि

३१ असार, पोखरा । गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार दिएको अपडेट अनुसार ५ जिल्लाका थप २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु तनहुँका ३ जना, नवलपरासी पूर्वका ११ जना, म्याग्दीका ९ जना, गोरखा र कास्कीका एक एक जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ९२५ जना कोरोना संक्रमित ठिक भएका छन् ।

त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार २२८ पुगेको छ ।

Loading
TOP