भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

३१ असार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ५८२ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या २४ हजार ३०९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९ हजार ४२९ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ९ लाख ३६ हजार १८१ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ५ लाख ९२ हजार ३२ जना ठिक भएका छन् भने ३ लाख १९ हजार ८४० कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यसैगरी विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ३४ लाख ५९ हजार २३५ पुगेको छ भने मृतकको संख्या ५ लाख ८१ हजार २२१ पुगेको छ ।

त्यस्तै विश्वभर ७८ लाख ४९ हजार ३२६ जना कोरोना संक्रमित ठिक भएका छन् ।

Loading
TOP