ग्लोबल वाचको समाचारको प्रधानमन्त्रीको सचिवालयले खण्डन

ग्लोबल वाचको समाचारको प्रधानमन्त्रीको सचिवालयले खण्डन

३१ असार, काठमाडौँ । ग्लोबल वाच एनालाइसिसले प्रकाशित गरेको प्रधानमन्त्री केपी शर्मा ओली बारेको समाचारको प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ग्लोबल वाच एनालाइसिसको हवाला दिदै नेपाली अनलाइनहरुले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिरहेको भ्रामक, गलत र चरित्रहत्यागर्न लक्षित झुठो सम्प्रेषण भन्दै यसमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा स्वीस बैंकमा खाता र ५।५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको बताउदै जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक रहेको उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति

ग्लोबल वाच एनालाइसिसको हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ । स्वीस बैंकमा खाता र ५।५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।

राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ ।

आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु ।

सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार

Loading
TOP