भरतपुर अस्पतालको प्रयोगशाला परिक्षणमा १९ जनामा कोरना पुष्टि

भरतपुर अस्पतालको प्रयोगशाला परिक्षणमा १९ जनामा कोरना पुष्टि

३१ असार, चितवन । भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना पुष्टि भएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार मंगलबार गरिएको २८९ नमुना परिक्षणमा १९ जनामा पोजेटिभ आएको हो ।

नयाँ संक्रमितमा चितवनका ८ जना र नवलपरासी पूर्वका ११ जना रहेका छन् ।

संक्रमित सबै जना अहिले क्वारेन्टाइनमा रहेकाहरु भएको अस्पतालले जानकारी दिएको छ ।

Loading
TOP