सानिमाको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सिजि सिमेन्टमा लगानी

सानिमाको अगुवाई र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सिजि सिमेन्टमा लगानी

३१ असार, काठमाडौँ । सानिमा बैंकको अगुवाई, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाईमा सिजी सिमेन्टमा सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ । यस सम्झौतामा लगानी गर्न सहभागी बैंकहरु ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल एसबिआई बैंक समेतको सहभागिता रहेको छ ।

सिजि सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रालिको क्लिन्कराइजेसन प्लान्टको क्षमता १९५० टिपीडीबाट २९५० टिपीडीमा विस्तार गर्न आवश्यक थप कर्जा २ अर्ब ३७ करोड ८० लाख गरी कुल ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सहभागी बैंकहरुबीच २०७४ पौष ७ मा भएको सहवित्तीयकरण सम्झौतामा २०७७ आषाढ ३० गते पुरक सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ ।

उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

Loading
TOP