कर्णालीमा बुधबार थप २४ जनामा कोरोना पुष्टि

कर्णालीमा बुधबार थप २४ जनामा कोरोना पुष्टि

३१ असार, काठमाडौँ । कर्णाली प्रदेशमा बुधबार थप २४ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको अपडेट अनुसार कर्णाली प्रदेशको प्रदेश अस्पताल सुर्खेतरपशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परिक्षणमा ६ जिल्लाका २४ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा सुर्खेतका १४ जना, दैलेखका ३ जना, जुम्लाका एक जना, अछामका एक जना र सल्यानका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ७१४ पुगेको छ ।

त्यस्तै कर्णालीमा पछिल्लो २४ घण्टामा १३ जना नै डिस्चार्ज भएका छन् भने अहिले सम्म डिस्चार्ज हुनेको संख्या एक हजार ४७५ पुगेको छ ।

त्यस्तै कोरोनाबाट कर्णाली प्रदेशमा अहिलेसम्म ६ जना मृत्यु भएको छ । अहिले कर्णाली प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या २३९ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Loading
TOP