प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपाको धारणा

प्रधानमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपाको धारणा

३१ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को धारणा मागेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको बताएका छन् ।

प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न नमिल्ने कांग्रेसले पछिल्लो अभिव्यक्तिबारे सरकार र नेकपाको धारणा माग गरेको छ ।

‘प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्री नै बदल्ने, उहाँकै दल नेकपाको बिषय हो’ प्रवक्ता शर्माको वक्तव्यमा भनिएको छ, ‘तर प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन रु अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्य भएको छ ।’

Loading
TOP