थप ११६ जनामा कोरोना संक्रमण, १७ हजार १७७ पुगे संक्रमित

थप ११६ जनामा कोरोना संक्रमण, १७ हजार १७७ पुगे संक्रमित

३१ असार, काठमाडौं । विगत २४ घण्टायता नेपालमा थप ११६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १७ हजार १७७ जना पुगेको छ।

Loading
TOP