आज थप एक जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

आज थप एक जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

३१ असार, काठमाडौं । कोरोना भाइरस सं‌क्रमणका कारण नेपालमा बुधबार थप एक जनाको मृत्यु भएको छ । यो सहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

रौतहटको पर्रोहा नगरपालिका ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो ।

उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।

त्यस क्रममा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि ती युवकलाई असार २९ गते वीरगञ्जको नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

Loading
TOP