ओली-प्रचण्ड वार्तामा आज नेपालसमेत सहभागी हुने

ओली-प्रचण्ड वार्तामा आज नेपालसमेत सहभागी हुने

१ साउन, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बुधबारको छलफल पनि बिना निष्कर्ष सकिएपछि विहिबार (आज) फेरी छलफल हुने भएको छ ।

दुवै अध्यक्षबीच भेटवार्ता जारी राख्दै विहिबार फेरी छलफल गर्ने गरि बुधबारको भेट टुंगिएको थियो ।

नेकपाको विवादको टुंगो लगाउन दुवै अध्यक्ष पछिल्ला केहि दिनदेखि वान टु वान छलफलमा रहेपनि सहमति हुन नसकेपछि आजको छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालसमेत सहभागी हुने बताइएको छ ।

बुधबारको छलफलमा ठोस सहमति नबनेपनि विषयकेन्द्रित छलफल भएको बताइएको छ । तर दुवै अध्यक्ष आआफ्नो अडानमा कायमै रहेका छन् । प्रधानमन्त्री ओलीले राजीनामा दिन अस्विकार गर्दै पार्टीको महाधिवेशन छिटो गर्न प्रस्ताव गरेका छन् । तर अर्का अध्यक्ष प्रचण्डले भने ओलीले प्रधानमन्त्री बाटै राजीनामा दिनुपर्ने आफ्नो अडान छोडेका छैनन् ।

Loading
TOP