नेपालमा कुल पिसिआर परिक्षण संख्या ३ लाख ३ हजार ८१० पुग्यो

नेपालमा कुल पिसिआर परिक्षण संख्या ३ लाख ३ हजार ८१० पुग्यो

१ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ९८१ नमुनाको पिसिआर परिक्षण गरिएको छ ।

अहिलेसम्म कुल पिसिआर परिक्षणको संख्या ३ लाख ३ हजार ८१० पुगेको छ ।

त्यस्तै अहिले देशभरमा २३ हजार ५ सय जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ५६ जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा चार जिल्ला कोरोना मुक्त भएका छन् । जसमा भोजपुर, मुस्ताङ, मनाङ र हुम्ला रहेका छन् ।

त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ रहेको छ ।

Loading
TOP