बाबुरामले सुझाए नेकपाभित्रको संघर्षमा हल हुनुपर्ने ६ विषय

बाबुरामले सुझाए नेकपाभित्रको संघर्षमा हल हुनुपर्ने ६ विषय

२ साउन, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको संघर्षमा हल हुनुपर्ने मुख्य ६ विषय रहेको बताएका छन् ।

अहिले नेकपाभित्र चलिरहेको शक्ति संघर्ष र जारी म्याराथुन छलफल निष्कर्षविहीन भएको बेला डा. भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै डा. भट्टराईले ६ विषय हल हुनुपर्ने भन्दै केपीको राष्ट्रवाद नक्कली कि सक्कली ? नेकपाको विचार मार्क्सवादी कि मार्सीवादी ? नेपाल राज्य एकलजातीय कि बहुजातीय ? अर्थनीति आसेपासे पुँजीवादी कि समाजवाद उन्मुख ? कार्यशैली फासिवादी कि लोकतान्त्रिक ? संस्कृति यतिमुखी कि जनमुखी ? उल्लेख गरेका छन् ।

उनले भनेका छन् –   

‘ नेकपाभित्रको संघर्षमा हल हुनुपर्ने मूल विषष यी हुन् कि ? केपीको राष्ट्रवाद नक्कली कि सक्कली ? नेकपाको विचार मार्क्सवादी कि मार्सीवादी ? ३. नेपाल राज्य एकलजातीय कि बहुजातीय ? ४. अर्थनीति आसेपासे पुँजीवादी कि समाजवाद उन्मुख ? ५. कार्यशैली फासिवादी कि लोकतान्त्रिक ? ६. संस्कृति यतिमुखी कि जनमुखी  ?’

Loading
TOP