तनहुँमा ७ र नवलपरासी पूर्वमा थप १८ जनामा कोरोना पुष्टि

तनहुँमा ७ र नवलपरासी पूर्वमा थप १८ जनामा कोरोना पुष्टि

२ साउन, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप २५ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार दिएको अपडेट अनुसार २ जिल्लाका थप २५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितहरु तनहुँका ७ जना, नवलपरासी पूर्वका १८ जना रहेका छन् ।

नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म ९२५ जना कोरोना संक्रमित ठिक भएका छन् ।

त्यस्तै योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार २५६ पुगेको छ ।

Loading
TOP