साताको नेप्से १३ सय ९४ अंकमा : पाँच अर्ब ३९ करोडको सेयर कारोवार

साताको नेप्से १३ सय ९४ अंकमा : पाँच अर्ब ३९ करोडको सेयर कारोवार

२ साउन, काठमाडौं । यो साता नेप्से १३ सय ९४ दसमलव ७७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुुई सय ९५ दसमलव छ अंकमा पुगेको छ ।

नेप्सेमा यो साता एक सय ६६ कम्पनीहरुको ७९ हजार दुई सय नौ वटा कारोवारमा एक करोड ६१ लाख सात हजार पाँच सय ७८ कित्ता सेयर किनबेच भएकाछन् भने कारोवार रकम पाँच अर्ब ३९ करोड ६६ लाख १३ हजार आठ सय ८८ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार कारोवार रकम गत साताको तुलनामा बढी हो ।

नेप्सेमा गत साता भने एक सय ६० कम्पनीहरुको ९० हजार दुई सय दुई वटा कारोवारमा एक करोड ३६ लाख २६ हजार दुई सय ५३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम पाँच अर्ब १६ करोड दुई लाख छ हजार ६६ रुपैयाँ पुगेको थियो ।

यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेको थियो भने सबै दिन नेप्से बढेको थियो । पहिलो दिन नेप्से नौ दसमलव दुई अंकले बढेर १३ सय ४० दसमलव २९ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ९३ अंकले बढेर दुई सय ८१ दसमलव ४२ अंकमा पुगेको थियो ।

दोस्रो दिन पनि नेप्से दुई दसमलव १२ अंकले बढेर १३ सय ४२ दसमलव ४० पुगेको थियो भने सेन्सिटिभ पनि शुन्य दसमलव ८१ बढेर दुई सय ८२ दसमलव २३ अंकमा पुगेको थियो । तेस्रो दिन पनि नेप्से पाँच दसमलव चार अंकले बढेर १३ सय ४७ दसमलव ४४ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ९५ अंकले उकालो लागेर दुुई सय ८४ दसमलव १८ अंकमा पुगेको थियो ।

चौंथो दिन नेप्से १४ दसमलव नौ अंकले बढेर १३ सय ६२ दसमलव २४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि चार दसमलव छ अंकले बढेर दुई सय ८८ दसमलव २४ अंकमा पुगेको थियो । पाँचौ दिन नेप्से ३२ दसमलव ४२ अंकले बढेर १३ सय ९४ दसमलव ७७ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव ८१ अंकले बढेर दुई सय ९५ दसमलव पाँच अंकमा पुगेको थियो ।
यो साता बढी रकम कारोवार गर्ने नेपाल पुर्नबीमा कम्पनी, एनआईसी एशिया बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।

कारोवार भएको सेयर संख्याको आधारमा पनि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, एनएमबी बैंक आदि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।

यो साता मितेरी डेभलपमेन्ट बैंक, छिमेक लघुबित्त बित्तीय संस्था आदिको बोनस सेयर नेप्सेमा सुचीकृत भएकाछन् ।

Loading
TOP