नेकपाले बोलायो सचिवालय बैठक

नेकपाले बोलायो सचिवालय बैठक

२ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको आन्तरिक विवादका विषयमा छलफल गर्न भन्दै, साउन ३ गते शनिबार  केन्द्रिय सचिवालय बैठक बोलाएको छ ।

शुक्रबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि साउन ३ गते शनिबार सचिवालय बैठक बोलाउने सहमति भएको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार शुक्रबार दुई अध्यक्षको छलफलले स्थायी कमिटी बैठक साउन ४ गते बोलाउने र त्यसअघि शनिबार  ३ बजे सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

Loading
TOP