ठोरीमा फेरि हात्तीको उपद्रो

ठोरीमा फेरि हात्तीको उपद्रो

२ साउन, बिरगंज । पर्साको ठोरी गापामा जंगली हात्तीले फेरि उपद्रो मच्चाएको छ ।
बिहिवार राति वडा ३ को सिकारीबासमा चितवन राष्ट्रिय निकुञ्जबाट प्रवेश गरेको हात्तीले स्थानीयको घर भत्काएको हो । मध्यरातमा बस्ती प्रवेश गरेको हात्तीले सिकारीवासका स्थानीय गणेश उरावको घरमा क्षति गर्नुको साथै उरावको घरमा रहेको धान , चामल , मकै र घरमा राखिएको सोलार पातामा समेत क्षति पुर्याएको उनले जानकारी दिए ।

हात्तीले घरमा रहेको भाँडाकुँडा र कुर्सीमा समेत क्षति पुर्याएको उनले बताए । हात्तीले अघिल्लो बुधवार राति पनि स्थानीयहरुको घरमा क्षति पुर्याएको थियो ।

Loading
TOP