नेपाल प्रजातान्त्रिक महासंघ किन? के का लागि?

नेपाल प्रजातान्त्रिक महासंघ किन? के का लागि?

नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय समिती द्वाराआयोजित ZOOM भर्चुअल कार्यक्रममा नेपाल प्रजातान्त्रिक महासंघ का केन्द्रीय अध्यक्ष श्री गोबिन्द प्रसाद शर्मा ज्यु को अध्यक्षता तथा प्रमुख वक्ताहरुमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री श्री एन पि साउद ज्यु, प्रमुख अतिथी , विशिष्ट अतिथी नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री श्री नबिन्द्रराज जोशी ज्यु, बिशिस्ट अतिथी नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा युवा नेता श्री गुरुराज घिमिरे ज्यु को उपस्थिति मा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री श्री एन पि साउद ज्यु ले नेपाली काङ्ग्रेस मा बुद्धिजीवी, बैंकर्स, कानुनबिद, सहकारीकर्मि,नेपाल सरकारका विभिन्न तह/ पद बाट सेवा निवृत्त भएका संपुर्ण बुद्धिजीवीहरु बाट पार्टिलाइ सहयोग र संगठन सुदृढीकरण बिकास र बिस्तार गर्नका लागि यश महासंघ को संस्थापना र गठन भएको हुनाले यश संस्था पार्टी को शुभेच्छुक संस्था को रुपमा अगाडि बढ्ने र अगाडि बढाउन प्रेरित गर्ने, सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।
यसै गरि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री श्री नबिन्द्रराज जोशी ज्यु ले पनि समग्र संस्था को संगठन को प्रशंसा गर्दै, विभिन्न शुभेच्छुक सङ्घ संस्था हरुले पनि रास्ट्रब्यापी संगठन को कार्यात्मक तदारुकता देखाउन नसकेको यो विषम परिवेशमा नेपाल प्रजातान्त्रिक महासंघले संपुर्ण बौद्धिक बर्गलाई समेटेर सांगठनिक कार्यलाई अगाडि बढाउंदा पार्टिका तर्फबाट पुर्णरुप मा सहयोग रहने प्रतिबद्दता सङ्गै पार्टी को समग्र परिस्थिति को जिम्मेवारीता बहन गर्ने जिम्मेवारी समेत यश महासंघ ले लिनुपर्छ भन्ने आफ्नो बिचार ब्यक्त गर्नुभयो।
त्यसैगरी नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य श्री गुरुराज घिमिरे ज्यु ले नेपाली समाजमा प्रजातान्त्रिक बिचार र पार्टी को सिद्धान्त अनुसार कार्य गर्न सक्ने एक सक्षम शुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक महासंघ हुन सक्दछ, ब्यक्तीका स्वार्थमा नगइ नेपाली काङ्ग्रेस को सिद्दान्तको बिषयमा पार्टिको महत्वपूर्ण शुभेच्छुक संस्थाको रुपमा संस्थापित होस भनी शुभकामना सहित सुझाउनु भएको छ, साथै पार्टी भित्रका कुनै तह तप्का तथा भातृ तथा शुभेच्छुक संस्थामा हाल कुनै पद नरहेका, देश मा छरिएर रहनुभएका ब्याक्तिहरुलाई समेटेर समेत साङ्ग्ठनिक गतिबिधी गर्न तथा दोहोरो पदमा कसैलाइ नराखेर संगठन बिस्तार गर्नुपर्छ भन्दै आफ्नो भनाई राख्नु भयो।
नेपाल प्रजातान्त्रिक महासंघ का अध्यक्ष श्री गोबिन्द प्रसाद शर्मा ज्यु ले यश ZOOM भर्चुअल कार्यक्रम लाई १ बजे देखि २ बजे सम्म नेपाल प्रजातान्त्रिक महासंघका केन्द्र प्रदेश र जिल्ला तहका साथिहरु लाई जोडेर परिचयात्मक कार्यक्रम गरि संपुर्ण केन्द्रीय पदाधिकारी/ सदस्य, प्रदेश पदाधिकारी / सदस्य तथा जिल्ला पदाधिकारी सदस्य ज्यु हरुको परिचय गराउने कार्यक्रम भएको थियो साथै संगठन विस्तार सम्वन्धि सातवटै प्रदेश संयोजकहरुले प्रतिवेदन पेस गर्नुभएको थियोे भने, शुभकामना मन्तब्य का लागि नेपाली काङ्ग्रेस पर्बत का युवा नेता श्री राजेन्द्र प्रसाद तिवारी ज्यु ले गर्नुभएको थियो। नेता तिवारी ले यस महासंघ को कार्य को पुर्ण सफलता को शुभकामना सहित समग्र पार्टि को सुदृढीकरणका लागि बिद्द्वान बर्गको महत्वपूर्ण भुमिका हुने बिस्वास ब्यक्त गर्दै त्यो निपुर्णता को आभास यश महासंघ मा पाएको ब्यक्त गर्नुभयो।
साथै पहिलो चरणको कार्यक्रम को संचालनको भुमिकामा नेपाल प्रजातान्त्रिक महासंघ का आमन्त्रित केन्द्रीय सदस्य श्री रामचन्द्र तिवारी ज्यु ले गर्नुभएको थियो भने, अध्यक्ष श्री गोबिन्द प्रसाद शर्मा ज्यु ले संपुर्ण को जिज्ञासा लाई समेट्दै प्रथम चरण को कार्यक्रम लाई समापन गर्दै दोस्रो चरण को कार्यक्रममा प्रबेस गर्नुभएको थियो।
प्रमुख बक्ताहरु सङ्गै ३१९ जना सहभागी भएको यश कार्यक्रम मा बक्ता हरुको भनाइ पश्चात् शुभकामना तथा धन्यवाद मन्तब्य को लागि नेपाल प्रजातान्त्रिक महासंघ का महासचिब श्री भक्तराज भुसाल ज्यु ले ब्यक्त गर्नुभएको थियो। वाहांले संगठन बिस्तार का क्रममा भएका अनुभव सङ्गै संग्गठन को बृहत्तर हितको निम्ति संपुर्ण लाइ एक भएर सुदृढीकरणका लागि अनुरोध गर्दै शुभकामना तथा धन्यबाद ज्ञापन गर्नुभएको थियो।
महासचिब ज्यु को शुभकामना पश्चात् नेपाल प्रजातान्त्रिक महासंघ का अध्यक्ष श्री गोबिन्द प्रसाद शर्मा ज्यु ले महासंघ लाई यो स्थान सम्म ल्याइपुर्याउन सहयोग गर्ने संपुर्ण प्रती हार्दिक कृतज्ञता प्रकट गर्दै, यो मुलुक को कोरोना महामारी का कारण लकडाउनको समस्यामा परेका र समग्र कोरोना पिडित को स्वास्थ्य लाभको कामना गर्दै यो लकडाउन पश्चात् पार्टी का शिर्ष नेता गण हरु लाई निमन्त्रणा गरेर घोषणा पत्र, महसंघ मा आबद्द महानुभाब हरुलाइ प्रमाणपत्र तयार गरि नेपाली काङ्ग्रेस एक छ भन्ने सन्देशमुलक ऐतिहासिक कार्यक्रम गर्ने जानाकारी सहित पार्टी को बृहत्तर हित कआ निमित्त महासंघ अहोरात्र मन, वचन र कर्म ले खट्ने र देशभरी का महासंघका साथी हरुलाई सहि तरिका ले सहि निर्णय गरि एक भएर लाग्न अनुरोध गर्दै समआदरणीय नेतृत्वले महासंघ लाई सहि मार्गदर्शन गर्नुहुनेछ भन्ने बिस्वास बयक्त गर्नुभयो। साथै नेपाल प्रजातान्त्रिक महासंघ को मुल उद्देश्य नेपाली काङ्ग्रेसको मुल ३ मन्त्र राष्ट्रियता, लोकतन्त्र र समाजबाद लाई अग्रपंक्तिमा राखी नेपाली काङ्ग्रेसको सुदृढीकरण बिकाश र बिस्तार गर्दै गाउँ बस्ति तथा घरदैलो मा पुर्याउनु रहेको छ भन्ने अभिव्यक्ति ब्यक्त गर्दै कार्यक्रम को समापन को घोषणा गर्नुभयो।
साथै कार्यक्रम को संचालनको जिम्मेवारी नेपाल प्रजातान्त्रिक महासंघ का आमन्त्रित केन्द्रीय सदस्य श्री रामचन्द्र तिवारी ज्युले संहाल्नुभएको थियो।

Loading
TOP